देउवा भन्छन् प्रधानमन्त्रीको बारेमा सहमति गर्नुस् पद छोड्छु

प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए ।  उनले वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको टिप्पणी गरे ।

“मैले पद छोड्दिनँ भनेकै छैन सहमति गरेर प्रधानमन्त्रीको नाम त दिनुपर्यो नि,” देउवाले भने, “आफुले नाम चयन गर्न नसक्ने मैले छाडेन भन्ने ? देशलाई प्रधानमन्त्रीविहीन बनाउन मिल्छ ?” सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने बताए । उनले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको वैठकले राजधानी फेरबदल गर्ने जानकारी दिए ।  उनले त्यसका लागि सवैभन्दा बढी समस्या प्रदेश नम्बर ७ मा भईरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने बताए ।
उनले ३, ४ दिनभित्रै सबै काम सक्ने पनि प्रतिवद्धता पनि जनाए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com