को को बन्दैछन एमालेबाट राष्ट्रिय सभा उमेद्ववार

राष्ट्रिय सभाको निर्वाचन नजिंकदै गर्दा एमालेलाई पहिलो पार्टी बनाउन महत्वपूर्ण योगदान पुर्याएका आ आफ्नो क्षेत्रका चुनाबि कमाण्डरहरु आफ्नो पक्षमा लबिङ तिब्र पार्न थालेका छन । राष्ट्रियसभाको निर्वाचन जतिजति नजिकिँदै छ, विभिन्न राजनीतिक दलका नेताहरुमा उत्ति नै आकांक्षा बढ्दै गएको छ । अझ, नेकपा (एमाले) त राष्ट्रियसभाका उम्मेदवार बन्नेहरुका लागि मापदण्ड तय गरेपछि आकांक्षीहरुको संख्या बढ्न थालेको छ ।

तीन सातापछि राष्ट्रियसभाको निर्वाचन हुने गरी निर्वाचन आयोगले कार्यतालिका ल्याएपछि विभिन्न राजनीतिक दलले राष्ट्रियसभाका सम्भावित उम्मेदवारहरुबारे आन्तरिक रुपमा छलफल प्रारम्भ गरेको छ । यही क्रममा एमालेका केही पुराना नेताहरुले आफ्नो पक्षमा लबिइङ गर्न समेत थालिसकेका छन् । प्रादेशिक संरचनामा हुने निर्बाचनको तयारी स्वरुप नेताहरुले पनि आन्तरिक लेखाजोखा गर्दै आफु राष्ट्रिय सभामा उमेद्ववार हुन आकंक्षा देखाएका छन ।

एमालेले राष्ट्रिय सभा उमेद्द्वार हुनको लागि संविधानको धारा ८७ बमोजिम योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, भौगोलिक र सामाजिक सन्तुलन, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार नबनेका वा समानुपातिक सूचिमा नाम समावेश नभएका र विभिन्न तहका विज्ञ र विशेषज्ञहरु हुन पर्ने भनेर योग्यता तोकिसकेको छ ।

राष्ट्रियसभाका लागि १ नम्बर प्रदेशबाट परशुमेघी गुरुङ, जगन्नाथ खतिवडा, दिपक कार्की, रविन कोइराला, देबराज घिमिरे, जयन्ती राई, खेम नेपालीलगायतले आकांक्षा देखाएका छन् । त्यसै गरी २ नम्बर प्रदेशबाट यदुवंश झा र प्रभु हजारा, रन्जना माझी लगायतले इच्छा देखाएका छन् । देशकै राजधानि समेत रहेको तीन नम्बर प्रदेश बाट वेदुराम भुसाल, विष्णु रिमाल, रघुजी पन्त, केशब देबकोटा, केशब बडाल्, साबित्रा भुसाल, लगायतका नेताहरुले आफ्नो पक्षमा तिब्र लबिङ सुरु गरेका छन ।

प्रदेश नं. ४ बाट गणेश तिमल्सिना, श्रीनाथ बराल, श्रीमाया थकाली, चक्रबहादुर पराजुली, किशोर मल्ल लगायतकाले आकांक्षा देखाएका छन् भने प्रदेश नं. ५ बाट खिमलाल भट्टराई, पुष्पाञ्जली उपाध्याय, दलबहादुर सुनार र झपेन्द्र जिसीले आकांक्षा राखेका छन् । यसैगरी, ६ नम्बर प्रदेशबाट उदय बोहरा, निरज आचार्य, नन्दा शर्मालगायतले इच्छा राखेका छन् भने ७ नम्बर प्रदेशबाट उर्वादत्त पन्त, रामकुमार ज्ञवाली, पुरनसिंह दयाललगायतले आकांक्षा राखेका छन् ।

एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको सविच प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले निर्धारण गरेको मापदण्डमा संविधानको धारा (८७) बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् ।

भौगोलिक र सामाजिक सन्तुलनका आधारमा एमालेले उमेदवारी दिने भएको हो । त्यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालाई उमेदवार बनाउने मापदण्ड एमालेले तय गरेको छ । विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरूलाई विशेष प्राथमिकता दिने एमालेको निष्कर्ष छ । एमालेले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइदिन भनेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com