– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरा बजार नजिकै आज विहान ८ बजे दुई बस आपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए । उनकाअनुसार बस चालक तथा कैलालीको गोदावरी नपा–१ का दिनेश बोहरा, लम्की चुहा नपा–२ की २२ वर्षिया रञ्जु खड्का र ठेगाना नखुलेका ४५ वर्षिय गौतम थारु रहेका छन् । उनीहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।
बाँकी घाइते यात्रुहरुको स्थानीय लालरत्न अस्पतालमा उपचार भवैरहेको प्रहरी प्रवक्ता बुढामगरले जानकारी दिए । लालरत्न अस्पतालमा उपचार गराउनेमा धनगढीका रमेश भण्डारी, महेश महरा, चेतराज जोशी, पशुपति चौधरी, गौतम थारु, भल्काका दिप प्रभात, दाङका डम्मबर कार्की, नवलपरासीका टीका प्रसाद चौधरी, हिरामनी महतो, भुपेन्द्र महतो, धनबहादुर थापा, इन्द्र बहादुर कुमाल, रुपन्देहीका टंक प्रसाद पन्थीलगायत रहेका छन् । महेन्द्रनगरदेखि नारायणगढ तर्फ जाँदै गरेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरदेखि धनगढी आउँदै गरेको ना ४ ख ५१३२ नम्बरको यात्रु बाहक बस बाक्लो हुस्सु र सितले गर्दा चिप्लिएर एक आपसमा बस ठोक्कीएको प्रहरीले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


