अदालत गएनन् प्रधानन्यायाधीश पराजुली

– डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बुधबार गरेको आदेशमा आफ्ना दुवै नागरिकताका प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, उमेरसम्बन्धी निर्णय मगाएपछि प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतमा उपस्थित भएनन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता मगाएर सर्वोच्चले छानबिन गर्न थालिसकेकाले उनलाई निलम्बन गरिनुपर्ने माग डा. गोविन्द केसीले लगाउँदै आएका छन्। प्रधानन्यायाधीश पराजुली पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्न गएको सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए। प्रधानन्यायाधीश पराजुली बिहान साढे ८ बजे हेलिकोप्टरबाट पूर्वी रुकुम गएका हुन्।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com