इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं, पुस २८ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी एउटा महत्वपूर्ण सम्झौताबाट पछि हट्ने संकेत दिँदै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

उक्त सम्झौताले इरानमाथिका थुपै्र प्रतिबन्ध हटाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने इरानले आणविक इन्धन प्रशोधनको काम जारी राखेकाले इरानमाथिको प्रतिबन्ध कडा पार्नुपर्ने तर्क गर्दै आएको छ ।

यस विषयमा निर्णय गर्न राष्ट्रपति ट्रम्पलाई एकदिनकोे समय छ । उक्त समयभित्रै अमेरिकाले इरानमाथि थप नाकाबन्दी घोषणा गर्ने ट्रम्प सरकारका एक मन्त्रीले बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com