काठमाण्डौँमा झ्यालबाट टाउको निकालेर टेम्पो चलाउने महिलाको मृत्यु

पुतलीसडकमा एक टेम्पो चालक महिलाको मृत्यु भएको छ। झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर मृत्यु भएको हो। शुक्रबार बिहान काठमाडौंको न्यूप्लाजास्थित पार्किङमा राखेको टेम्पो निकालेर सडकमा ल्याउँदै गरेका बेला झ्यालबाट टाउको बाहिर निकालेर ब्याक गर्ने क्रममा काठमाडौं सामाखुसी बस्ने ४३ वर्षीया तुलसा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। सडक किनारमा रहेको पोलमा टाउको ठोक्किएर गम्भीर घाइते भएकी कार्कीको उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com