Leader of Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal at his residence in Katmandu May 18, 2009. Nepal is likely form a new coalition government and replace current caretaker Prime Minister Pushpa Kamal Dahal "Prachandra" after he received the backing of over 350 members of parliament from 22 parties. Post Photo/Shaligram Tiwari/Kantipur

वरिष्ठ नेता नेपाल बंगलादेश प्रस्थान

नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशको मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने ‘आउँदा दिनमा एसियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने नेता नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठक दुई दिनसम्म चल्ने छ ।

राजधानी ढाकामा हुने बैठक शुक्रबार र शनिबार चल्नेछ । बैठकमा वरिष्ठ नेता नेपालसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित राजनीतिक दलका २० जना सहभागी भएको वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिएका छन् ।

सो बैठकमा एसियाका २० मुलुकका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ । बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । नेता नेपाल आगामी माघ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com