सिरहामा ७ घण्टासम्म माटोमुनी पुरिएका युवा जिवितै

सिरहामा एक युवक खाल्टोमा पुरिएको ७ घण्टापछि निकाल्दापनि जिवितै भेटिएका छन । जिल्लाको नवराजपुर गाउँपालिका १ तामासुइया चोकमा भारतका एक युवा खाल्टोभित्र पुरिएका ७ घण्टामा जिवितै निस्किएका हुन । खाल्डोमा पस्नुअघि मुखको विभिन्न ठाउँमा सुई रोपेका भारत मधुवनी जिल्ला बसहा गाउँका २० वर्षीय जितेन्द्र मण्डलले को कलाले स्थानीय चकित पारेका थिए। उनलाई हेर्न स्थानीय सयौँ मानिसको घुइँचो लागेको थियो। उनको अनौठो कलाले सबै चकित भएका छन्।

स्थानीयका अनुसार मण्डलसहित पाँच जनाको टिम विगत ६ दिन अगाडिदेखि तामासुइयामा विभिन्न अनौठो खेल प्रदर्शन गर्दै आएका छन्। ‘बुधबार अन्तिम दिन ठूलो खाल्टो खनेर मण्डललाई माटोले पुरियो’, उनले भने, ‘हामी गाउँलेलाई डर पनि लागेको थियो। तर उनीहरुले केही हुँदैन भनेपछि गर्न दियौं। सात घण्टापछि खाल्टोबाट मण्डललाई फेरि जीवितै निकालियो।’

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com