सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् । नेपाल विज्ञापन संघको १८औं वार्षिक साधारणसभाको बिहीबार राजधानीमा उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पुर्याइरहेकोले विज्ञापन कम्पनी आफैँमा उद्योग हुन्, यसलाई औपचारिक रुपमै उद्योगका रुपमा लैजान गर्नुपर्ने सहयोगका लागि सरकार तयार छ ।’ सञ्चार मन्त्रालय सम्भालेको छोटो अवधिमा सरकारले महत्वपूर्ण काम सुरु गरेको भन्दै मन्त्री बस्नेतले भने, ‘हामीले नेपालमै राहदानी, परिचयपत्र र मुद्रा छपाइको काम नेपालमै गर्नका लागि हेटौँडामा २५० रोपनी जमिन लिई काम अगाडि बढाएको छौँ ।’

English
MTV NEPAL MTVNEPAL


