राष्ट्रपति पद एउटा भएपनि एमालेभित्र आकांक्षीको ओइरो, यी नेताको छ बढी चर्चा

यतिबेला वाम गठबन्धनमा पदीय बाँडफाटको चर्चा चलिरहेको छ । पार्टी एकतालाई सहज बनाउन दुई दलबीच राष्ट्रपति, उपराष्ट्रति र सभामुखको भागवण्डामा पनि छलफल शुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्री एमालेले लिने तथा उप–राष्ट्रपति र सभामुख माओवादीले लिनेगरी सत्ता साझेदारीको छलफल भइरहेको ती दलका नेताहरु बताउँछन् । एमालेले राष्ट्रपति पाएको खण्डमा वर्तमान राष्ट्रपति विद्या भण्डारी दोहरिने प्रवल सम्भावना रहेको बताइन्छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिले लामो कार्यकाल पाएको तर भण्डारीको कार्यकाल छोटो भएकोले भण्डारी दोहोरिने सम्भावना धेरै रहेको एमाले स्रोत बताउँछ ।

सभामुखको पद पुरुषले पाएमा राष्ट्रका पाँच महत्वपूर्ण पदमा कोही पनि महिला नहुने भन्दै भण्डारीको पक्षमा लविङ भइरहेको छ । राष्ट्रपतिका लागि संविधानसभामा पूर्व अध्यक्ष एवं पटक पटक सभामुख भएका सुवास नेम्वाङ अर्का दावेदार हुन् । भण्डारीले नपाएको खण्डमा नेम्वाङको सम्भावना रहने एमाले नेताहरु बताउँछन् । यस्तै पार्टी भित्रको शक्ति सन्तुलन मिलाउनको लागि झलनाथ खनालको पनि सम्भावना प्रवल छ । पूर्वप्रधानमन्त्री खनाललाई राष्ट्रपति बनाउनु पर्ने माधवकुमार नेपाल पक्षको लविङ छ । बर्दियाबाट प्रतिनिधि सभा चुनावमा पराजित भएपछि एमाले उपाध्यक्ष वामदेव गौतमले पनि राष्ट्रपतिको लागि रुची देखाएको एमाले स्रोतहरु बताउँछन् ।

सत्ता साझेदारीका क्रममा राष्ट्रपति माओवादीले पाएको खण्डमा रामबहादुर थापाको सम्भावना बलियो छ । प्रतिनिधि सभा चुनावमा आफूले रोजेको क्षेत्र नपाएपछि उनी अहिले सांसद छैनन् । पूर्व रक्षामन्त्री थापाले राष्ट्रपतिका लागि रुची देखाएको माओवादी स्रोतहरु बताउँछन् ।

एमालेले राष्ट्रपति पाएर माओवादीले उप–राष्ट्रपति पाएको खण्डमा अमिक शेरचनको सम्भावना रहेको छ । माओवादी अध्यक्ष प्रचण्डको चुनावी प्रचारमा खटिएका शेरचनलाई पनि कुनै पदमा व्यबस्थापन गर्ने माओवादीको भनाइ छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com