प्रचण्डले ओलीलाई सिधै भने पार्टी अध्यक्ष वा प्रधानमन्त्री रोज्नुस्, ओलीको प्रतिकृया के?

माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति बनाउनुभएको छ,’ पौडेलले भने ।

सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन् । ‘प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा सिट जित्नु राम्रै पोजिसन हो, एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘धेरैजसो प्रदेश सभामा माओवादी किङ मेकर नै छ, त्यसैले माओवादी लत्रिएर एकताका लागि हतारिहाल्नुपर्ने आवश्यकता छैन ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com