नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अहिलेको कांग्रेसको रणनीति भनेकै एमाले, माओवादी केन्द्रको वामगठबन्धनलाई अलग गर्नु रहेको बताएका छन् । उनले यस अभियानको नेतृत्व आफूले गर्ने समेत घोषणा गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाली कांग्रेस कास्कीे आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘म उनी (प्रचण्ड)सँग कुरा गर्छु, उनलाई अलग गर्न पाए हाम्रो रणनीति सफल हुन्छ भन्ने मैले बुझेको छु ।
वामगठबन्धन फुटाउने कुरा गरे पनि उनले नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए । उनले भने, ‘उनीहरु (वामगठबन्धन) लाई दोष दिएर मात्र देशको आर्थिक सम्बृद्धि हुँदैन’, उनले भने, ‘ठीक भए ठीक भन्नुपर्छ, बेठीक भए बेठीक भन्नुपर्छ ।’
चुनावी पराजयपछि पार्टीको नेतृत्व नै परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको बेला पराजयको दोष पार्टी सभापतिलाई मात्र दिन नहुने बताउँदै उनले सच्चिने जिम्मेवारी सबै कार्यकर्ताको भएको जिकिर गरे । ‘मैले पार्टी सभापतिसँग हारको समीक्षा गर्नुपर्छ भनेको छु ।

English
MTV NEPAL MTVNEPAL


