– चार राजनीतिक दलबीच शनिबार पार्टी एकता भएको छ । सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ ।
सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष ज्ञानेश्वर राई, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राई लगायतले पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।

English
MTV NEPAL MTVNEPAL


