यी हुन् नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा पर्ने ४० नेताहरु हेर्नुहोस् नामावली सहित

अहिले मुलुकमा प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेपछि चुनावी परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचनको मतपरिणाम हेर्दा सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित भइसकेको छ । त्यस्तै विगतमा भएका निर्वाचनमा अत्यन्तै सम्मानजनक मत पाएको नेपाली कांग्रेसको जनमत भने यो निर्वाचनमा खस्केको देखिएको छ । खासगरी नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरिसकेपछि प्रत्यक्षतर्फमा नेपाली कांग्रेस नराम्ररी पराजित भएको छ । समानुपातिकको मतपरिणामलाई विचार गर्दा भने कांग्रेसले पनि सम्मानजनक मत प्राप्त गरेको छ । अर्थात नेकपा एमालेकै हाराहारीमा नेपाली कांग्रेसको जनमत आएको छ । मतपरिणाम आएको हप्तौ बितिसक्दा पनि निर्वाचन आयोगले भने औैपचारिक रुपमा मतपरिणामको नतिजा सार्वजनिक गर्न बाँकी नै छ । तर पनि दलहरुले प्राप्त गर्ने सिटमा भने करिब करिब हिसाब किताब भइसकेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा तेस्रो स्थानमा खस्केको कांग्रेसको यो मतपरिणाम इतिहासकै लज्जाजनक नै हो तर समानुपातिक सहित भने नेपाली कांग्रेसले दोस्रो स्थान कायम राखेको छ । समानुपातिकमा कुल सिट ११० मध्ये ४० सिट पाएको कांग्रेसले उम्मेद्वारलाई छनोट गर्दा २१ जना महिलालाई छनोट गर्नुपर्ने हुन्छ ।
कांग्रेसको प्रत्यक्षबाट एकजना पनि महिला नजितेकाले संविधानअनुसार समानुपातिकबाट मात्र एक तिहाइ पुर्‍याउनुपर्ने बाध्यता छ । समग्रमा कम सिट जितेकोले कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ । यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।

एमालेले समानुपातिकबाट ३ जना र माओवादीले केन्द्रले २ जना मात्र पुरुष निर्वाचित गर्न पाउनेछन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वाचित गर्दा क्रमसंख्या अनुसार नै निर्वाचित गर्नुपर्छ ।

त्यस्तै कानुनमा उल्लेख भएको सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१।२ प्रतिशत, आदिवासी जनजाती २८।७ प्रतिशत, थारु ६।६ प्रतिशत, दलित १३।३ प्रतिशत, मधेशी १५।३ प्रतिशत, मुस्लिम ४।४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४।३ प्रतिशत हुनुपर्छ ।

न्युनतम संख्या ९२१ जना० मा महिलालाई समानुपातिक कोटाबाट निर्वाचित गर्दा को को पर्छन् त रु

महिला स् २१ जना
कांग्रेसले समानुपातिकबाट निर्वाचित नगरी नहुने कम्तिमा २१ जना महिलामा खस आर्य कोटाबाट ७ जनाले सांसद बन्ने अवसर पाउँछन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा र रुक्मणीदेवी कोइराला सांसद बन्नेछन् ।

आदिवासी जनजाति क्लष्टरबाट कांग्रेसले ६ जना महिलालाई निर्वाचित गर्न पाउनेछ । जसनुसार बन्द सूचिमा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् ।

यस्तै, दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नुहुनेछ । त्यस्तै, मधेसी कल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्नेछन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ । दुवै कोटाबाट एक÷एकजना निर्वाचित गर्दा महिलार्फ जम्मा प्राप्त गरेको २१ भन्दा धेरै हुने भएकाले थारु र मुस्लिममध्ये कुनै एकबाट एक जना छनोट गरिनुपर्छ । जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्नुहुनेछ ।

पुरुष स् १९ जना ९महिलाबाट २१ जना मात्र छनौट भएको अवस्थामा०
कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनाको नाममध्ये ६ जना खस आर्य कोटाबाट पठाउनुपर्छ । जसमा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।

आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् ।

कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् ।

त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् ।कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ । जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com