राहुल गान्धी बने भारतीय राष्टिय कंग्रेसको अध्यक्ष

१ पौष । सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला कंग्रेसले राहुललाई पार्टी अध्यक्ष चुनेको हो।

राहुल विगत ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए। १ सय ३१ वर्ष लामो विरासत बोकेको कंग्रेसको शीर्ष नेतृत्व लिने राहुल गान्धी-नेहरू परिवारका छैठौं सदस्य हुन्। उनको नेतृत्वमा कंग्रेसले पुरानो साख फर्काउनु पर्ने चुनौती छ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com