सत्ता हस्तान्तरण गर्न आतुर रहेको देउवाको भनाई

प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसित शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष दाहाललाई बधाइ दिएको संयोजक परियारले जानकारी दिए । सो भेटमा अध्यक्ष दाहालले प्रमुख तीन दलको सहमतिमामात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको संयोजक परियारले बताए । अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत् नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नरलगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए । अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको प्रेस सहयोगी तिमल्सिनाले बताए

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com