२९ मंसिर । उत्तर कोरियाले अब एउटा पनि मिसाईल परिक्षण गरे उत्तर कोरियाललाई नै ध्वस्त पोर्न अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने सम्भावना ३० प्रतिशत रहेको बताएका छन्। ग्राहम तिनै सिनेटर हुन्, जसले केही समयअघि दक्षिण कोरियाबाट अमेरिकी सेनाका आश्रितहरुलाई हटाउनुपर्ने बताएका थिए। ‘मलाई लाग्छ, हामीले सैन्य विकल्प अपनाउने सम्भावना १० मा ३ छ,’ उनले दि एटलान्टिकसँगको एक अन्तर्वार्तामा भने, ‘यदि उत्तर कोरियाले अर्को आणविक बम परीक्षण र्गयो भने त्यो सम्भावना ७० प्रतिशत पुग्छ ।’
‘यो कुरा कसरी अझ स्पष्ट भन्ने हो मलाई थाहा छैन, तर परिस्थितिमा कुनै परिवर्तन आएन भने ट्रम्पले सैन्य विकल्प रोज्नुपर्ने हुन्छ, किनभने समय घर्किरहेको छ,’ उनले भने। उनले गत आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गल्फ खेल्दा बारम्बार उत्तर कोरियाको प्रसंग निस्केको पनि खुलाए।‘उत्तर कोरियाविरुद्धको युद्ध सम्पूर्ण क्षमताको हुनेछ। त्यहाँ सर्जिकल स्ट्राइकको सम्भावना छैन। यदि उत्तर कोरियाविरुद्ध युद्धको विकल्प अपानाउने हो भने तपाईंसँग उनीहरुलाई प्रभावहीन बनाउने मात्र होइन, उनीहरुको शासनलाई पूर्ण रुपमा समाप्त पार्ने इच्छाशक्ति हुनुपर्छ।’
उनले युद्ध हुन नदिन ट्रम्प–किम वार्ता समेत हुनसक्ने बताए ।आफू युद्धको पक्षमा नरहेको बताउँदै साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमले भने, ‘यो युद्ध कसरी टुंगिएला भन्ने विषयमा भ्रममा नपर्नुहोला। युद्ध हामी नै जित्छौँ, उत्तर कोरियाले जित्दैन।

English
MTV NEPAL MTVNEPAL


