२७ मंसिर । नेपालमा उपचारको नाममा धामी झाँक्रिबाट उपचार गर्ने चलन लामो समयदेखि चल्दै आएको हो ।शहरी र शिक्षित समाजमा यो प्रथाको अन्त्य भइसकेपनि ग्रामीण र अशिक्षित समाजमा यो एउटा सबैभन्दा भरपर्दो विकल्पका रुपमा प्रयोग गरिरहेका छन् । वास्तविक रोगको पहिचान गर्न अस्पतालमा जाने भन्दा पनि धामी झाँक्रिको सल्लाह र सहयोग अनुुसार उपचार गर्दा धेरैको ज्यान समेत गएका वास्तविकताहरु हाम्रा अगाडी छर्लंग छन्। सर्वोच्च अदालतले धामी÷झाँक्रीद्वारा बोक्सा बोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई ध्यानाकर्षण गराउने आदेश जारी गरेको छ । धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण भइरहेकाले नियन्त्रणको उपाय खोज्न सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको हो ।
बोक्सी आरोपमा क्रुर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्चले यस्तो आदेश सरकारको नाममा जारी गरेको हो धामीरझाँक्रीको अन्धविश्वासमा परि वोक्सीको आरोप लगाएर छिमेकीले महतोलाई मट्टितेल छर्केर आगो लगाई हत्या गरेका थिए।
२०६८ फागुन ५ गते दर्जनौं प्रत्यक्षदर्शीका सामु महतोको जघन्य किसिमले हत्या भएको थियो। सर्वोच्चका न्यायाधीशद्धय केदारप्रसाद चालिसे र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । हालै मात्र प्रकाशित भएको पूर्ण फैसलामा सर्वोच्चले मंगलबार सार्वजनिक गरेको छ। ‘बोक्साबोक्सी, भूतप्रेत हुँदैनन्। धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन। ठीक पार्न सकिन्छ भन्नु अन्धविश्वासबाहेक केही होइन’, सर्वोच्चको फैसलामा भनिएको छ, ‘यो सन्देश सोझो रूपमा जनतासमक्ष पुर्याइनुपर्छ।’
सर्वोच्चले बोक्सीको आरोपसँग जोडिएका आर्थिक, सामाजिक, न्यायिक एवं मानवाधिकारसम्बन्धी आयाम र कुप्रथाको अन्त्यका लागि रणनीतिसहितको विषय विद्यालयको पाठ्यक्रममै व्यवस्था गर्न र सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गराउन सरकारलाई आदेश दिएको छ। सर्वोच्चले बोक्सी आरोपमा मारिएकी महतोका नाबालक सन्तानको शिक्षा, स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सरकारलाई आदेश दिएको छ।
सर्वोच्चले विभिन्न अध्ययन एवं अनुसन्धानको हवला दिँदै फैसलामा भनेको छ, ‘बोक्सी लगाएको भनी झारफुक गर्नेरगराउने, बोक्सीको आरोप लगाई हिंसामा उत्रने वा त्यस्तो हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्छन्। बोक्सी आरोपीउपर शारीरिक वा मानसिक हिंसामा उत्रनेहरू आफूहरूले बोक्सी भनी आरोप लगाइएका व्यक्तिउपर अन्याय गरेको ठान्दैनन्। बरु आफूले न्याय खोजेको र दैवी शक्तिको आडमा न्याय दिएको महसुस गर्छन्।’
इजलासले उक्त मुद्दा विशेष प्रकृतिको रहेको बताउँदै यस्तो मान्यताबाट समाजलाई बाहिर ननिकालेसम्म समस्याबाट मुक्त हुन नसक्ने निक्र्योल गरेको छ। यस्तै सर्वोच्चले बोक्साबोक्सी हुँदैनन् भन्ने विश्वास समाजलाई दिलाउनुपर्ने आवश्यकतासमेत औंल्याएको छ। ‘बोक्सी प्रथाविरुद्ध मात्र होइन त्यसको कारकको रूपमा रहेको धामी÷झाँक्री प्रथाविरुद्ध नै हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्छ। यो वर्तमानको आवश्यकता हो’, फैसलामा लेखिएको छ।
बोक्साबोक्सी, भूतप्रेत र धामीझाँक्रीका कारण सामाजिक विभेद, बहिष्करण र वञ्चनाको स्थिति निम्तिएको भन्दै आर्थिक, सामाजिक र शैक्षिक रूपमा सीमान्तकृत वर्ग बढी प्रभावित भएको सर्वोच्चले जनाएको छ। घटनाक्रमबाट अक्सर बृद्ध, परित्यक्त, अशक्त महिला, रोग लागि जन्मेका र असमान्य रूपमा जन्मेका व्यक्ति बोक्साबोक्सीको मारमा पर्ने गरेको सर्वोच्चले औंल्याएको छ।
यस्तो कथित आरोपमा हत्या गर्ने कार्य कानुनका दृष्टिमा जघन्य प्रकृतिको अपराध रहेकाले महतोको हत्यामा संलग्न विक्रम महतो, उनकी पत्नी मञ्जु महतो, विक्रमिया महतो, सञ्जु महतो, लक्ष्मी महतो र कृष्णकुमारी महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम सर्वस्वसहित जन्मकैद र ज्यान मार्ने कार्यमा वचन दिने स्थानीय जुगेश्वर महतोलाई सोही महलको १३ ९४० बमोजिम जन्मकैदको सजाय हुने ठहर गरिएको छ।

English
MTV NEPAL MTVNEPAL


