२७ मंसिर । सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । शुरुदेखि एमालेकी भगवती चौधरीले अग्रता कायम गरेपनि अन्तमा ३२१ मतको अन्तरले पराजित भईन् । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरे त्यस्ते भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणनानै बहिस्कार गरिन् । बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् ।

English
MTV NEPAL MTVNEPAL


