कुपोषण मुक्त महानगर बनाउन वीरगञ्जको प्रतिबद्धता

२० मंसिर ।  वीरगञ्ज महानगरपालिकालाई कुपोषणमुक्त महानगरपालिका बनाइने भएको छ । उक्त महानगरपालिकालाई कुपोषणमुक्त बनाउने सम्बन्धमा सरोकारवालाहरुले ७ बुँदे सहमति गरेका छन् । संघीय प्रणालिमा बहुक्षेत्रीय पोषण योजना कार्यन्वयन सम्बन्धि महानगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम उक्त सामूहिम प्रतिबद्धता ब्यक्त गरिएको हो । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय र जिल्ला समन्वय समिति पर्साको आयोजनामा महानगर प्रमुख बिजय कुमार सरावगि, प्रमुख अतिथि जि।स।स।पर्सा प्रमुख नेक मोहम्मद अन्सार लगायत वडाअध्यक्ष, सचिव र अन्य रिोकारवाला निकायको उपस्थिति रहेको थियो ।

बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक ज्ञानेन्द्र दवाडीले कुपोषण सम्बन्धि जानकारी गराएका थिए । पोषणको मानव जीवनमा निकै ठूलो महत्व रहेको बताउँदै हजार दिनको अवधिमा बच्चाको बौद्धिक सिवकास हिसाब ८० प्रतिशत हुने भएकाले यसले समाज र देशकै भविष्यमा असर पार्ने दवाडीले बताए । महानगर प्रमुख सरावगिले बालबालिका देश विकासका कर्णाधार भएकाले विशेष ध्यान दिनुपर्ने बताए ।
यस्ता छन् महानगरका प्रतिबद्धता
१। सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सिर्जना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्नेछौं ।
२। निःशुल्क तथा गुणस्तरीय उपचारका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र महानगरपालिकामा रहेको प्रसुति गृहको अवश्था राम्रो सहितको अस्पताल संचालन गर्नेछौं।
३। गर्भबती तथा सुत्केरी आमालाई नियमानुसार पोषण भत्ता प्रदान गर्नेछौं।
४। महानगरपालिका भित्र स्वच्छ खानेपानीको व्यवस्था सुनिश्चित गर्नेछौं।
५। अभिमुखिकरणमा प्राप्त ज्ञान सीप र साझा बुझाइलाई व्यवहारमा लागु गर्न सदा तत्पर रहनेछौं ।
६। सवै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता गर्ने छौं।
७। महानगरपालिकालाई खुल्ला दिशा मुक्त्त क्षेत्र÷पुर्ण खोप घोषणाको लागि २०७६ सम्ममा सम्पुर्ण कार्य गरिनेछ।
८। यो योजना सञ्चालन गर्न संघीय, प्रादेशिक, अन्य स्थानीय तह लगायत विकास साझेदार एवंम् सरोकार निकायसँग सार्थक समन्वय गर्नेछौं।
९। स्वस्थ्य सफा र पुर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै आगामी ५ बर्ष भित्र यस महानगरपालिकालाई कुपोषण मुक्त गर्नेछौं।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com