हृदयघातका कारण सहायक मतदान अधिकृतको निधन

१९ मंसिर । आसन्न निर्वाचनका लागि सहायक मतदान अधिकृतका रुपमा कार्यरत एक कर्मचारीको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी फाँटमा कार्यरत कर्मचारी २७ बर्षीय जग्गेप्रसाद उपाध्यायको गौरिगङ्गा नगरपालिका–११ नमुना आधारभुत मावि मसुरियामा सोमबार साँझ हृदयघातका कारण मृत्यु भएको हो । उनी सोमबार नै उक्त स्थानमा सहायक मतदान अधिकृतको रुपमा खटी गएका थिए । साँझको लागि तरकारी किन्न निस्केका उनी एक्कासी ढलेका थिए । उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्युु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com