गुप्तचरको रिपोर्टले देखायोः वाम गठबन्धनको सहजै बहुमत

१८ मंसिर । पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले बहुमत ल्याउने दाबी गरिरहेका छन् । तर विभागको रिपोर्टले एमाले सबैभन्दा ठूलो दल बन्ने अनुमान गरेको छ भने बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने देखाएको छ ।

गुप्तचरको रिपोर्टमा एमालेले प्रत्यक्षमा ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्न सक्ने देखाइएको छ । यसका आधार जोड्दा एमालेले कुल ८१ सीटदेखि १११ सीटको वीचमा परिणाम ल्याउने गुप्तचरको रिपोर्ट छ । त्यसैगरी कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ल्याउने गुप्तचरको आँकलन छ । समानुपातिकमा भने कांग्रेसले एमालेभन्दा १ सिटमात्रै कम ल्याउने आँकलन गरिएको छ । यसरी हेर्दा कांग्रेसले जित्ने कुल सिट ७० देखि १०० सम्म हुन सक्ने गुप्तचरको विश्लेषण छ ।

रिपोर्टमा माओवादीले प्रत्यक्षतर्फ ३०–३५ सीटको हाराहारीमा जित्ने र समानुपातिक समेत जोड्दा करिब ५०–६० सीट पुग्ने देखाइएको छ । एमाले र माओवादीको कुल सिट जोड्दा बहुमत  १३८ सीट  सहजै कट्ने गुप्तचरको रिपोर्ट छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com