शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम विस्फोट

स्याङ्जा, १७ मंसिर । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम विस्फोट गराइएको छ  । नेपाली कांग्रेसका   केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा निशाना बनाईएको हो । सोमबार अपरान्ह ५ः३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको प्रहरीले जनाएको छ । बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको बताईएको छ । भाग्यवस उनको गाडी उनको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि सो विस्फोट भएको थियो । करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सबार गाडि गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com