डोटीमा से १ त ८८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका–१ तिखाको मोडमा आइतबार दिउँसो ट्रयाक्टर दुर्घटनामा भएको हो ।
घाइते मध्ये बिनोद चौधरी, लालबहादुर चौधरी र रामसिं चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक बिनोद चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ ।

English
MTV NEPAL MTVNEPAL


