काठमाडौं, १६, मंसिर । आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको पूर्ण रुपमा प्रत्याभूति गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि गृह मन्त्रालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले देशका विभिन्न स्थानमा भएको केही छिटपुट घटना पनि अब पूर्ण नियन्त्रण लिइने प्रष्ट पार्नुभयो ।देशभर निर्वाचनमा आपराधिक गातिविधि गर्नेलाई पक्राउ गरिएको र भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध भएर लागिपरेको विश्वास व्यक्त गर्नुभयो ।

English
MTV NEPAL MTVNEPAL


