निर्वाचन आयोगले सरकार संग मंसिर १० र २१ गते सार्वजनिक विदा माग्यो

काठमाडौं, ३ मंसिर ।
निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतदात हुने दिन मंसिर १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ ।
मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने भएकाले मतदानका दिन सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको हो ।
यसैगरी, आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मङसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक विदा दिन पनि भनेको छ ।
चुनावमा धेरैजसो मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेकाले चुनावका लागि चार दिन शिक्षण संस्थामा बिदा दिन आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
साथै मतदानको व्यवस्थापनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुबै चरणको निर्वाचनमा चार चार दिन विदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com