प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरेका छन्। उपप्रधानमन्त्री कमल थापासंग मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा विवाद भएपछि थापाकै आग्रहमा प्रधानमन्त्रीले मन्त्री गिरीलाई बर्खास्त गरेका हुन्। राप्रपा अध्यक्षसमेत रहेका थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी थापाकै आग्रहमा उनलाई नै दिइएको छ।
आर्थिक अनियमितताको चलखेलका लागि थापाले आफूलाई हटाउन सिफारिस गरेको गिरीले आरोप लगाए। सहरी विकास मन्त्रालयमा सम्बन्धित क्षेत्रको विज्ञको रुपमा रहेका व्यक्तिलाई ल्याउन खोज्दा थापाले आफूलाई हटाएको गिरीले बताए। गएको बिहिवार बसेको मन्त्रिपरिषद् बैठकमा गिरीले सहरी विकासमा विद्यावारिधि गरेका जल तथा उर्जा आयोगका सचिव डा. रमेशप्रसाद सिंहलाई सरुवा गरेर सहरी विकास मन्त्रालयमा ल्याउने प्रस्ताव गरेपछि थापासँग विवाद भएको थियो।

English
MTV NEPAL MTVNEPAL


