त्रिचन्द्र क्याम्पस अगाडि बिद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं बिद्यार्थी घाइते

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक नजिता प्रकाशन नगरेको विरोधमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु निकालेको ‘मुर्दा जुलुश’मा प्रहरीसँग झडप भएको छ ।

झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ । त्रिचन्द्र कलेजबाट रन्नपार्कतिर आइरहेको जुलुशमा प्रहरीले बल प्रयोग गरको हो । प्रहरीले टियर ग्याँस र अश्रुग्याँस प्रहार गरेको छ ।  आयल निगमले सोमबार मात्रै एक महिनाको अवधिमा चौथा पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । संगठनले मूल्य वृद्धि खारेज गर्न माग गरेको छ । यस्तै विद्यार्थीहरुले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com