सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । टेलिभिजन कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न सरकारले ‘आला कार्ट’ शुल्क प्रणाली लागु गर्ने निर्णयमा नेपालका अपरेटर र विदेशी टेलिभिजन च्यानलले बेवास्ता गरेपछि सूचना तथा प्रशारण विभागले यस्तो निर्णय गरेको हो । सरकारले पटकपटक आला कार्ट प्रणालीको कार्यान्वयन गर्न च्यानलको शुल्क र बुके उपलब्ध गराउन पत्राचार गरे पनि अटेर गरेपछि साउन १ गतेबाट सबै सशुल्क विदेशी च्यानलहरूको प्रशारण बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रशारण विभागका निर्देशक सुदीप भट्टराईले । मन्त्रालयले पहिलो पटक २०७९ चैत १५ गते आला कार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो। त्यसपछि विभागले २०८० वैशाख १७, वैशाख ३१, र असार १७ गते पत्राचार गरेको थियो। सरकारले २८ असारसम्म विदेशबाट पैसा तिरेर खरिद गरिने विदेशी च्यानलहरूले बुके र यस्तो बुकेमा रहने प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य बुझाउनुपर्ने नियम बनाए पनि कोही पनि तयार नभएका हुन् । सरकारले पटकपटक ताकेता गर्दा पनि ती च्यानलले वास्ता गरेका छैनन् । ‘आला कार्ट’ शुल्क प्रणालीमा ती च्यानल आउन नमान्दा नेपाली दर्शकलाई अनावश्यक च्यानलको पनि शुल्न तिर्नुपर्ने बाध्यता थियो ।।

English
MTV NEPAL MTVNEPAL


