सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ भन्ने कुरा त्यहाँ महिनौंदेखि निको हुने आशामा उपचार गराईरहेका बिरामी र ति बिरामीको सेवामा खटिरहेको बिरामीका कुरुवालाई सोधे प्रष्ट हुन्छ । गाउँघरमा उचित स्वास्थ्य सेवा पाउन सकिएन भन्दै ऋण,सापट गर्दै जसोतसो राजधानीका अस्पतालसम्म पु¥याउन सफल बिरामीका परिवार बिरामी निकोहुने समय कुर्दाकुर्दै आफै बिरामी हुन पुग्छन् । भनिन्छ नि ‘कुनै पनि बिरामीको रोग डाक्टरको बोली व्यहावहारले नै आधा निको हुन्छ’ तर यी सरकारी अस्पतालमा कार्यरत डाक्टर‘चिकित्सक’ तथा अन्य स्वास्थ्यकर्मिको व्यवहार हेर्दा स्वस्थ मानिस नै मानसिक बिरामी हुन पुग्छन् । सहज उपचार त परै जावस उपचारका लागि सहज वातावरणसमेत पाउन गाह्रो छ यी सरकारी अस्पतालमा …..उपचारका लागि अस्पताल गएपछि निको भएर बिरामी हाँसीखुशी आफ्नो घर पुग्नुपर्ने हो तर हाम्रा देशका प्रतिष्ठित सरकारी अस्पतालमा उपचार गराउँदा गराउँदै बिरामी झन् अलपत्र अवस्थामा रोडमा पुग्छन् ।
प्रधानमन्त्रि ,राष्ट्रपति, मन्त्रि , उच्च पदस्थ कर्मचारी ,ठुलाठुला नेता तिनका कार्यकर्ता अनि अन्य हुनेखानेले व्यक्तिले त सामान्य ज्वरो आएपनि देशविदेशका ठुलाठुला अस्पताल तथा स्वास्थ्य संस्थामा गएर उपचार गरिहाल्छन् तर आम नेपाली शर्वसाधारण देशमै रहेका सरकारी अस्पतालमा उपचार गराउँछु भन्दा पनि राम्रो उपचार पाउँदैनन् ।
राज्यले वर्षेनि अर्बौ रुपैंया स्वास्थ्य क्षेत्रमा लगानि गर्छ तर एउटा समान्य रोगको उपचारका लागि अस्पतालमा पुग्दा आम नेपाली जनताले आफ्नो जाय जेथा सबै गुमाउनुपर्ने अवस्था आउँछ । किन ?
के नेपालमा स्वास्थ्य क्षेत्रमा बिशेषज्ञ चिकित्सवको अभावका कारण बिरामीलाई सेवा प्रवाह गर्न नसकिएको हो त ?
अहं पक्कै होईन … नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा १० हजारभन्दा बढी विशेषज्ञ चिकित्सक छन् । यो संख्या अझंै बढ्ने देखिन्छ तर प्रायः जसो चिकित्सक शहरोन्मुख छन् । त्यसैले हाम्रो नेपालका ग्रामीण भुभागका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सको अभावका कारण बिरामीले समयमै उपचार पाउँदैनन् । समयमै उपचार नपाएकै कारण कतिले अकालमै मृत्युवरण गर्नुपरेको छ ।
सरकारी अधिकारी तथा स्वास्थ्य क्षेत्रका जानकारहरु नेपालमा विशेषज्ञ चिकित्सक अभाव नभएको तर वितरणमा भने असमानता भएको बताउँछन् । देशका विभिन्न भुभागहरुमा सेवा दिन जाने चिकित्सकहरु पनि विभिन्न कारणबस टिक्न नसेकेको उनिहरुको बुझाई छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका मध्ये ९० प्रतिशत चिकित्सक शहर केन्द्रित हुँदा ग्रामीण भुभागहरुमा विशेषज्ञ चिकित्सकको अभाव स्वतः हुने भईनै हाल्यो ।
आँखिर शहरबाहेक अन्य भुभागमा सेवामा खटिन चिकित्सक तयार नहुनुको कारण के हो त ? सरकारको लापरवाही होईन ?
सरकारले चिकित्सकलाई उचित सेवासुविधा र प्रोत्साहन दिएको खण्डमा अवश्यनै नेपालमा चिकित्सकको वितरण समान हुन सक्छ र त्यसो हुन सके हरेक नेपालीले सहजै स्वास्थ्य सेवा पाउन सक्थे । सामान्य उपचारकै लागि राजधानि लगायतका खर्चिलो ठाउँमा उपचारका लागि धाईरहनुपर्ने बाध्यता हट्नेथियो ।
तर सरकारलाई नेपालीको स्वास्थ्यमै राजनिति गर्न भ्याईनभ्याई छ । हरेक पटकको चुनावमा ग्रामीण भुगागबाट उठ्ने उम्मेद्वारको घोषणा पत्रमा जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने वाचा गर्दै जनताको भावनामा खेलिन्छ । तर व्यवहारमा शुन्य ….
मेडिकल काउन्सिलले नै पटकपटक नेपालमा आवश्यक बिशेषज्ञ चिकित्सक रहेको तर सरकारले समान वितरणमा ध्यान पु¥याउनुपर्ने बताई रहँदा सरकारले हरेक पटक स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव रहेको विवरण बाहिर ल्याउँछ ? किन ? स्वास्थ्य क्षेत्रमा फोहोरी राजनिति गर्दै लुट्न पाईदैन कि भनेर ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भन्छ एकातर्फ आवश्यकता अनुसारको स्वास्थ्य जनशक्ति वितरण हुन सकेको छैन भने अर्कोतर्फ मुलुकमा उत्पादित चिकित्सक, नर्स तथा अरू स्वास्थ्यकर्मीहरूको खपत हुन सकेको छैन ।“
खपत कसरी हुन्छ स्वास्थ्य मन्त्रि ज्यु लाखौं लाख तिरेर पढेका चिकित्सक हजारका तलब पाउन पनि भौतारिनुपर्छ । अनि को बस्छ नेपालमा ? हरेक स्थानिय तहमा स्वास्थ्य तहका पद रिक्त छन् तर हरेक दिन स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति रोजगारीका लागि विदेशिन बाध्य छन् ।
नेपालमै बस्ने बिशेषज्ञहरु पनि दोहोरो कमाईको लोभमा पर्दा बिरामीले समयमै स्वास्थ्य सेवा पाउन सक्दैनन् । हरेक सरकारी अस्पतालमा कार्यरत प्रायः चिकित्सकका आफ्नै अस्पताल,मेडिकल क्लिनिक छन् । त्यति नभएका बिशेषज्ञ पनि सरकारी अस्पतालसंगै अन्य विभिन्न प्राईभेट अस्पतालमा पक्कै कार्यरत हुन्छन् । यसै कारण पनि नेपालका सरकारी अस्पतालमा बिरामीको रोग नै निको हुन छाडिसक्यो । जसो तसो ति बिरामीलाई अन्त्यमा प्राईभेट अस्पतालमै उपचार गर्न बाध्य बनाउने वातावरण सृजना गरिन्छ । सरकारी तलब खाएका चिकित्सक नियमित बिरामीको जाँच गर्न अस्पताल जाँदैनन् बरु आफु कार्यरत अन्य प्राईभेट अस्पताललाई नै समय दिनु मुख्य प्राथामिकता ठान्छन् ।
त्यहि सरकारी अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक चेकजाँच त परै जावस के भएको छ डाक्टरसाव मलाई भनेर बिरामीले त्डपिदै सोध्दा पनि राम्रोसंग जवाफ नदिने चिकित्सक त्यहि बिरामी आफु काम गर्ने प्राईभेट अस्पतालमा जाँदा घण्टौ समय लाएर बिरामीको चेकजाँच गर्छन । किन ? त्यहि डाक्टरले लेखेको औषधि त्यहि सरकारी अस्पतालको फार्मेसिबाट किनेर बर्षौंदेखि सेवन गर्दा पनि बिरामीको रोग निको हुँदैन तर त्यहि प्राईभेट हस्पिटलका डाक्टरले प्रेस्किप्सनमा लेखेको सोही औषधि त्यहिको फार्मेसिबाट महँगोमा खरिद ग¥यो भने मात्र बिरामीले आफुलाई अलिकति भएपनि बिसेक भएको महशुस गर्छन् । कसरी ?
के ति चिकित्सकलाई मेडिकल शिक्षा अध्ययन गर्दा सरकारी अस्पतालमा कार्यरत हुँदा बिरामीलाई गर्ने उपचार पद्धति र प्राईभेटमा गरिने उपचार पद्धति फरक हुन्छ… उनिहरुलाई त्यसरी नै फरक ढंगले उपचार गरिनुपर्छ भनेर सिकाईन्छ हो ? नभए त्यहि चिकित्सकले सरकारी अस्पतालमा भर्ना भएको बिरामीलाई निको बनाउन नसक्ने तर त्यहि बिरामी फेरि प्राईभेट अस्पतालमा उपचार गराउँदा निको हुने कसरी हुन्छ ?
यो सबै एक खेल हो…. बिरामीको स्वास्थ्यमाथी गरिएको फाहोरी राजनिति हो । नभए नेपालका सरकारी अस्पतालमा रहेका यतिका बेथिति ,बिरामीले पाएको सास्ति खै सरकारले देखेको ? सरकारी तलब सुविधा खाएर प्राईभेटमा सेवा दिने पैसामुखि चिकित्सकलाई खोई कारबाही गरेको ? त्यहि सिमित लगानिमा खोलिएका प्राईभेट अस्पताल छुँदा पनि दाग लाग्ला झैं देखिँदा बर्षेनि अर्बाै छुटाईने सरकारी अस्पताल फाहोरले डुंगडुंग्ति गनाउँछ । स्वस्थ मानिस पनि बिरामी हुन्छ त्यहाँको वातावरणले गर्दा अनि के मा खर्च गरिन्छ त्यत्रो रकम ? काउन्सिलमा दर्ता भएका त्यतिका विशेषज्ञलाई खोई समान वितरण गरेको ?
के यसरी नै संधै गाउँका स्वास्थ्य चौकी, अस्पतालहरु डाक्टरकै पर्खाईमा मख्खिएर जाने हुन् ? एउटा सामान्य सिटामोल समेत पाउन नसेकेर दुर्गमका नागरिकले अझैं कति अकालमै ज्यान गुमाउनुपर्ने हो ? समयमै अस्पताल पुग्न नसक्दा अझैं कति आमाले बाटोमै मत्युवरण गर्नु पर्ने हो ? जसो तसो ऋण,जोखो गरेर टाढाटाढाबाट बल्ल तल्ल राजधानिमा आएका बिरामी उपचार गर्दा गर्दै खर्चको अभावले अझैं कति सडकको बास हुनु पर्ने ? उपचार खर्च जुटाउनै कै लागि अझैं कति परिवार घरबारबिहिन हुनुपर्ने हो ? अझैं……… अझैं कति सरकार ?