सरकारको श्वेतपत्र सार्वजनिक, अर्थशास्त्री भन्छन जस लिन हल्ला गरियो

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकारात्मक नभएको भन्दै यसले समग्र नेपालको आर्थिक अवस्था नै कमजोर भएको बताउनुभयो । अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताउँदै उहाँले गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताउनुभयो । संघीयता कार्यान्वयनसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

मुलुकको अर्थतन्त्र परिचालन गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयलाई बेवास्ता गर्दै गरिएका सरकारी निर्णयका कारण आर्थिक परिसूचकहरु पिँधमा पुगेका छन् । अर्थ मन्त्रालयको सहमति बेगर अनगिन्ति आर्थिक भार सिर्जना हुने गरी विगतमा भएका निर्णयका कारण अर्थतन्त्रको मियो नराम्ररी विचलित भएको पछिल्ला तथ्यांकले पुष्टि गरेका छन् । व्यापार घाटा बढ्दै जानु, रेमिट्यान्स घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु, अर्थतन्त्र आयातमुखी हुनुलगायतका कारण पनि नेपालको अर्थतन्त्रमा समस्या आएको उहाँले बताउनुभयो । अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई सार्थक बनाउन सरकार लागि पर्ने उहाँले बताउनुभयो ।

अर्थतन्त्र खराब बाटोमा गयो भनेर हल्ला गर्नुका पछाडि जस लिने सोचले काम गरेको बताउँछन्। उनले भने, ‘विप्रेषण, व्यापार घाटा र चल्तीखाता एक आपसमा सम्बन्धित छन्। चल्तीखाता ऋणात्मक हुनुको पछाडि विप्रेषण आयातमा सिथिलता र व्यापार घाटाको हात छ। एउटै विषयलाई समेत उहाँहरूले फरकफरक तरीकाले व्याख्या गर्नु भएको छ।’

नेपालको आर्थिक वृद्धिका मुख्य आधार पर्यटन, निर्माण र कृषि भएकाे भन्दै यी क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि अर्थतन्त्रमा चुनौती थपेको बताउनुभयो । तर राज्य कोष रित्तिएको अर्थमन्त्रीको घोषणा वास्तविकताको नजिक नभएको अर्थशास्त्रीहरूले बताएका छन्। योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले अर्थतन्त्र श्वेतपत्रमा भनिएजस्तो खराब अवस्थामा नभएको बताए। उनले भने, ‘बजेटमा दुई खर्ब स्रोत नपुगेको हो। एक खर्ब कृषि सहयोग आएन। दाताले घोषणा गरेको सहयोग आउने÷नआउने ठेगान नभएकाले बजेटमा राख्नु हँुदैन। राखेपछि आएन भने स्रोतको व्यवस्था गर्ने जिम्मा सरकारको हो।’ सरकारी ढिकुटीमा एक खर्ब छ भनेरपछि नभएको रकम कर्मचारीले हिसाब गर्दा भएको गल्तिको परिणाम भएको शर्माले बताए।

त्यस्तै राष्ट्र बैंकका पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्री अर्थतन्त्र खराब बाटोमा गयो भनेर हल्ला गर्नुका पछाडि जस लिने सोचले काम गरेको बताउँछन्। उनले भने, ‘विप्रेषण, व्यापार घाटा र चल्तीखाता एक आपसमा सम्बन्धित छन्। चल्तीखाता ऋणात्मक हुनुको पछाडि विप्रेषण आयातमा सिथिलता र व्यापार घाटाको हात छ। एउटै विषयलाई समेत उहाँहरूले फरकफरक तरीकाले व्याख्या गर्नु भएको छ।’

सामान आयातमा उल्लेख्य वृद्धि भए पनि भन्सारबाट संकलन हुने राजस्वको लक्ष्य पूरा हुन सकेको छैन र सरकारले गत आवभन्दा भन्सार संकलनको लक्ष्य ३० प्रतिशतले बढी दिएको छ। ‘आयात बढ्यो भन्सारबाट राजस्व बढेन भन्नुको अर्थ अर्थ मन्त्रालयको पद्धतिले काम गरेन भन्नु हो’, अर्थशास्त्री क्षेत्रीले भने, ‘अहिले केहि छैन भनेपछि भोलि केही हुँदा मैले गरे भन्ने ठाउ पाइन्छ। अर्थमन्त्रीले राजस्व उठाउन सकिन भन्नु अर्थ मन्त्रालयको बेइज्यती हुनु हो।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com