काठमाडौं,१४ असोज । सभामुख कृष्ण बहादुर महराले आफ्नो सभामुखको पदबाट राजीनामा दिएका छन् । सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि महराले राजीनामा दिएका हुन ।
सभामुख महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सत्य तथ्य छानविनकोलागि सहयोग पुगोस भनेर तत्कालकालागि महराले राजीनामा दिएको महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । महराले विज्ञप्तीमा भनेका छन–सोमबार देखि विभिन्न संचार माधयाममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य,निष्पक्ष र स्वतन्त्र छानविनकालागि अनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदा सम्मकालागि राजीनामा दिएको छु ।
संसद सचिवालयमा कार्यरत महिलाले आफु बस्ने तीनकुनेस्थित फल्याटमा महरा आएर कुटपीट गरी यौन दुव्र्यवहार गरेको र तत्कालै प्रहरीलाई खबर गरेपछि सभामुख महरा बाहिर निस्केर गएको महिलाले आरोप लगाएकी छन् ।
यौन दुव्र्यवहार गरेको आरोप लगाउने महिलाले महरासँग सामाजिक सञ्जाल,भाइबर र फोनबाट कुराकानी भएको जनाएकी छन् । अहिलेसम्म ती महिलाले प्रहरीमा उजुरी नदिएकाले छानविन अगाडि नबढेको प्रहरीले जनाएको छ ।
मङ्गलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सभामुख र संसदबाट महरालाई राजीनामा दिन आग्रह गरेको थियो । संचार माध्याममा सभामुखले यौन दुव्र्यवहार गरेको समाचार सम्प्रेसित भएपछि महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले राती नै समाचारको खण्डन गरेका थिए ।
सभामुख महराको राजीनामा पछि सभामुखमा राजपाका संयोजक महन्त ठाकुर र समाजवादीका उपध्यक्ष रेणु यादवको नाम चर्चामा आएको छ । महरा पहिलोपटक भने विवादमा आएका होइनन् । महराको विगत हेर्दा उनी कुनै न कुनै कोणबाट विवादित देखिन्छन् । महरा सञ्चारमन्त्री हुँदा धेरै फ्रिक्वेन्सीको प्लटिङ भयो । ०६२–६३ को जनआन्दोल पछि महराले पूर्व राजा ज्ञानेन्द्रका ज्वाई राज बहादुर सिंह र व्यवसायी अजयराज सुमार्गीसँग मिलेर फ्रिक्वेन्सी प्लटिङ गरेको आरोप लागेको थियो । ५० करोडको टेप काण्डमा चिनीय व्यापारीसँग पैसाको डिल गरेको देखि भ्रष्टाचार गरेको आरोपमा महरा माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रटाचारको आरोपमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । अख्तियारले भ्रष्टाचारको फाराम भराउँदा महरा उप–प्रधान र अर्थ मन्त्री थिए । पूर्व लडाकुको नाममा आएको रकम हिनामिना पारेको देखि शिविरमा रहेका लडाकुहरुको रासन पानी लगायतका खर्च महराले नै बुभ्mने गरेका थिए । त्यसमा समेत ठूलो घोटला भएको थियो । महराले रोल्पा जिल्लामा करोडौं रकम रकमान्तर गरेर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको थियो । महराले रोल्पामा ६६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । महराका छोरा निर्मल महराको एनजीओमा चिनिया लगानी जस्ता धेरै विवादमा तानिएका महरा यति वेला भने यौन दुव्र्यवहारमा मुछिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


