२३ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार बामगठबन्धनले धेरै स्थानमा जीत हासिल गरेको छ भने अधिकांश स्थानमा आफ्नो अग्रता बनाइरहेको छ ।
हेभिवेट मानिएका काँग्रेस नेताहरु नै बाम गठबन्धनका उम्मेदवारहरुबाट पछि परिरहेका छन् ।
तनहुँ १ मा रामचन्द्र पौडेल बामगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पछि परिरहेका छन् । पाडेलले ४३१५ मत ल्याउँदा श्रेष्ठले ५६०६ मत ल्याएका छन् ।
यता, नुवाकोटका दुवै क्षेत्रमा काँग्रेसका हेभिवेट नेता बाम गठबन्धनका उम्मेदवारबाट पछि परेका छन् ।
डा. रामशरण महत माओवादी उम्मेदवार हितबहादुर तामाङसँग पछि परिरहेका छन् भने अर्जुन नरसिंह केसीलाई एमाले उम्मेदवार नारायण खतिवडाले पछि पारेका छन् ।
तामाङको ९१३५ मत रहेको छ भने महत ७४४९ मतमा सिमित छन् । उता, खतिवडाले ९७८२ मत ल्याउँदा केसीले ६६३० मत ल्याएका छन् ।
झापा १ मा ७६७७ मत ल्याएका विश्वकप्रकाश शर्मा बामगठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्की (८१४७) मतसँग पछि परेका छन् ।
झापा ३ मा कृष्ण सिटौला राप्रपा उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनको पछि रहेका छन् । सिटौलालले ३६३७ मत ल्याउँदा लिङ्देनले ४२४७ मत ल्याएका छन् ।
मोरङमा डा. शेखर कोइरला एमाले उम्मेदवार लालबाबु पण्डितसँग लगभग २ हजार मतले पछि छन् भने सुनसरी ३ मा विजयकुमार गच्छदार भगवती चौधरीसँग ५ सयमतले पछि छन् ।
यता, धनुषा ३ मा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पछि पारिरहेका छन् । महतोले ६७९८ मत ल्याउँदा निधिले ५३१६ मत ल्याएका छन् ।
ललितपुर एक मा उदय शम्शेर राणा नवराज सिलवालसँग पछि परेका छन् ।
काठमाडौँ पाँचमा प्रकाश शरण महत एमाले नेता ईश्वर पोखरेलभन्दा निकै पछि रहेका छन् ।
प्रधानमन्त्री पत्नी आरजु देउवा नारदमुनि रानासँग पछि परिरहेकी छिन् । रानाले ३२२७ मत ल्याउदा आरजुले २३६५ मत ल्याएकी छिन् ।
सिन्धुपाल्चोक १ मा माओवादी नेता अग्नीप्रसाद सापकोटाले काँग्रेस नेता तथा बहालवाला मन्त्री मोहन बस्नेतलाई ६ हजारमतले पछि पारेका छन् ।

English
MTV NEPAL MTVNEPAL


