नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसक्दा पार्टि कमजोर बनेको बताएका छन् ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।
पूर्व महामन्त्री सिंहले एकतन्त्रिय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न काँग्रेसको ठूलो भूमिका रहेको भन्दै काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताए ।
उनले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वा्चित भएपछि विधानलाई वेवास्था गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्दतीकै पराजय भएको बताए ।

English
MTV NEPAL MTVNEPAL


