विकासका लागि सहयात्राको आवश्यकता : महासचिव पौडेल

रुपन्देही : पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताउनुभएको छ । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उहाँले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गर्नुभयो । रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौँ सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उहाँले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताउनुभयो ।

लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयवासीको उपचारका उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले क्लबका सदस्यको सहयोगमा रु एक करोडको लागतमा यस केन्द्रको भवन निर्माण गरिएको जानकारी गराउनुभयो । उक्त वडाको नयाँगाउँ उच्च माविले उपलब्ध गराएको पाँच कट्ठा जमीनमा उक्त केन्द्रको दुईतले भवनको निर्माण गरिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com