वाम गठबन्धन दक्षिणपन्थी गठबन्धन होः नेता गजुरेल गठबन्धन प्रतिक्रियावादी सत्ता टिकाउने मोर्चा मात्रै हो’

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सिपी गजुरेलले एमाले माओवादीको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको टिप्पणी गरका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले यस्तो आरोेप लगाएका हुन् । साथै उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने टिप्पणी गरेका हुन् । ‘न एमाले वाम हो न माओवादी, यी दुवै वाम नभएकाले यिनीहरुको गठबन्धन प्रतिक्रियावादी सत्ता टिकाउने मोर्चा मात्रै हो’ गजुरेलले भने । देश अहिले तीन खतराले आक्रान्त रहेको उनको भनाइ छ । सत्ताधारीहरुले निर्वाचन भएपछि सबै समस्या समस्या समाधान हुन्छ भन्ने भ्रम छरे पनि तीन खतराले नेपालको अतित्व संकटमा परेको उनको दाबी छ । वीरगञ्जको छप्कैयामा सीमा मिचिएको काण्डले राष्ट्रिय स्वाधीनता खतारामा रहेको गजुरेलको दावी छ । राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचार निवारण र बेरोजगारी समस्याको समाधान लोकतान्त्रिक भनिएको बिहारी शैलीको संविधान र गणतन्त्रले गर्न नसक्ने उनको भनाइ छ । क्रान्तिकारी माओवादीले अब चिनियाँ शैलीको जनगणतन्त्र स्थापनाका लागि क्रान्तिकारी शक्ति निर्माण गरेर आन्दोलन गर्ने पनि उनको भनाइ छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com