वाइडबडी विमान खरिदबारेको स्पष्टीकरण दिन तयार छु ः पर्यटनमन्त्री

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले भित्र्याएको २ वाइडबडी विमान खरिदबारे उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । त्यसका लागि वाइडबडी खरिदबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको समितिले मन्त्री अधिकारीसहितका व्यक्तिहरुलाई दोषी देखाएको छ । छानबिन समितिको निष्कर्षपछि मन्त्रीले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला अधिकारीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । उनले बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।कतिपयले सोमबार आयोजना हुने पत्रकार सम्मेलनबाटै मन्त्रीले राजीनामा दिनसक्ने बताए पनि अधिकारीको सचिवालयले विमान खरिदबारे प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ ।वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविनका लागि गठित उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ । मन्त्री अधिकारीसहित बहालवाला सचिवहरुलाई समेत कारवाहीका लागि सिफारिस गरेको वाइडबडी विमान खरिदमा विशेष भूमिका निर्वाह गरेका निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारलाई तत्कालै निलम्वन गरी कारवाही गर्न सिफारिस समेत गरेको छ ।पर्यटनमन्त्री अधिकारी, पर्यटन सचिव कृष्णप्रसाद देवकोटासँगै महत्वपूर्ण मन्त्रालय मानिने गृहका सचिव प्रेमकुमार राईलाई समेत तत्कालै निलम्वन गरी कानुन अनुसारको हदैसम्म कारबाही गर्न समेत समितिले सिफारिस गरेको छ । यसबाहेक दुई जना पूर्वपर्यटनमन्त्रीलाई समेत कारबाही हुनु पर्ने प्रतिवेदनको निश्कर्ष छ ।

उपसमितिको प्रतिवेदनमाथि आजै ११ बजेदेखि लेखा समितिमा समेत छलफल हुँदैछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com