झाडापखाला प्रभावित क्षेत्रमा प्रदेश(२ का मुख्यमन्त्री लालबाबु राउत पुगेका छन्। मुख्यमन्त्री राउत महोत्तरीको जलेश्वर नगरपालिका(१२ नैन्हीमा फैलिएको झाडापखाला प्रभावित क्षेत्रमा पुगेका हुन्। झाडापखालाबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने मुख्यमन्त्रीले बताएका छन्।मुख्यमन्त्री राउतले ज्यान गुमाएका परिवारलाई एकर एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका हुन्। झाडापखाला प्रभावित क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्ने स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीलाई धन्यवाद दिए। महामारी फैलिन नदिन उनले रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गरे।स्वच्छ खानेपानीको अभावमा झाडापाखाला फैलियोु, मुख्यमन्त्रीले भने, स्वच्छ खानेपानी व्यवस्थाका लागि प्रदेश सरकारले छिट्टै चपाकल९ह्याण्ड पाइप० उपलब्ध गराउँछौं।स्वच्छ खानेपानीका लागि पूरै गाउँलाई पुग्नेगरी ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उनले आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको दावी गरे।खानेपानी प्रदूषित भएपछि नैन्ही गाउँमा झाडापखाला फैलिएको थियो। झाडापखालाबाट दुईजनाको ज्यान गएको थियो भने ३ सय बढी बिरामी भएका थिए। झन्डैं दुई साता पछि झडापखाला नियन्त्रणमा आएको थियो। जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंले सार्वजनिक गरेको ल्याब रिपोर्टले प्रदूषित पानीका कारण गाउँभरी झाडापखालको प्रकोप फैलिएको हो।

English
MTV NEPAL MTVNEPAL


