यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु ;३१ प्रतिशत आत्महत्या

९ जनवरी, यूएई । एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ ।
सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो ।
मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ ।
मृतकमध्ये आत्महत्या गर्ने ३१ प्रतिशत छन् भने दुर्घटनामा परी मृत्यु हुनेहरु २६ प्रतिशत रहेका छन् ।
नेपाली दूतावास अबुधावीको ४ वर्षको रेकर्ड हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो ।
यूएईमा नेपाली कामदारहरुको सरकारी तथ्याङ्क नभएता पनि करिब २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान छ ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com