यसवर्षको तिहारमा सिंगो देश नै स्वदेशि सयपत्रि र मखमलि फुलले सज्जिने आँकलन सबैको थियो । विगतका वर्षहरुको तुलनामा फुलको खेति बढेकाले पनि यस वर्ष विदेशि मालाको प्रयोगमा गिरावट आउने अपेक्षा थियो जुन एक हिसाबले सफल भयो पनि । स्वदेशि उत्पादनले नै पुग्ने देखिएपछि यसवर्ष सरकारले भारतिय फुल प्रवेशमा समेत रोक लगायो । एक हिसाबले यसवर्षको तिहार अर्थात दिपावली “२०८०” मा नेपाली बजारमा स्वदेशि उत्पादनकै वर्चश्व देखियो ।
गतवर्षको तुलनामा यसवर्ष फुलको मागमा पनि कमि थियो भने स्वदेशि उत्पादन पनि बढेको थियो । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत हुँदा यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग रहेको थियो । जे होस् यसवर्ष फुलमा नेपाल आत्म निर्भर देखियो ।
त्यसैले पनि पहिलेको तुलनामा यसवर्ष फुलको मालाको मुल्य पनि घट्ने अनुमान गरिएको थियो । तर बिडम्बना सबै कुरा मिलेकै देखिए पनि तिहारकै बेलामा फेरि फुल व्यापारीको पुरानै व्यापार शैलि देखिन भने छाडेन ।
व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका कारण राम्रो उत्पादन भएको थियो । त्यसैले तिहार नजिकिएसंगै उत्पादनस्थलबाटै व्यापारीले भकाभक फुल उठाए सस्तो मुल्यमा…. अनि बजारमा ल्याय । देशका सबै ठुला शहरहरुमा फुलको व्यापार शुरु भयो । पहिले अरु व्यवसाय गर्नेले पनि यसवर्ष फुलकै व्याापार गरेको देखियो । सबैभन्दा बढी फुलको व्यपार हुने काठमाडौँ उपत्यकाका तीन जिल्ला लगायतका अन्य शहरमा पनि यसवर्ष जताततै सयपत्रि र मखमलि देखिए । तर कृषकबाट थोरै रकममा खरिद गरेर टन्न फाईदा लुटुने व्यापारीको प्रवृद्धि यसवर्ष पनि हाबी भयो ।
सबैभन्दा धेरै फुलको व्यापार हुने लक्ष्मि पुजाका दिन…यसवर्ष पनि फुलको मुल्य छोइसक्नुको थिएन । यसवर्ष सस्तोमै फुल पाईने अपेक्षा गरेर फुलैफुलले घर सजाउने उपभोक्ताको कल्पना कल्पना नै सिमित रह्यो । १ केजि फुलकै ३५० रुपैयाँ,४०० रुपैयाँ तोकेर व्यापारीले व्यापार थालेपछि उपभोक्तामा निराशा छायो । पोहोर एउटा माला किन्नेले अहिले दुईटा माला किन्ने आँकलन गरिएको माहोलको ठ्याक्कै उल्टो भयो । १ केजी फुलकै मुल्य त्यति परेपछि उपभोक्ताले एकदमै कम प्रयोग हुने गरेर फुल खरिद गरे ।
करिब ९५ प्रतिशत फुल स्वदेशमै उत्पादन हुँदा पनि उपभोक्ताको ढाड सेक्ने गरि विचौलियाले फुलको मुल्य तोकेको देखियो । सबैभन्दा बढी फुलको व्यापार हुने दिन नै उपभोक्ताले खरिद गर्न सक्ने वातावरण नभएपछि अरु दिन स्वतः चहलपहल घट्ने नै भयो । लक्ष्मि पुजाका दिन लुट्न सक्ने जति व्यापारीले लुटे तर सोही कुराको सिखो गर्दै फुलको व्यापार गर्ने सोचेर टनाटन फुल खरिद गरेका सोझा व्यापारी भने चुर्लुम्मै डुबे । न उपभोक्ताले सोचेअनुरुप फुल खरिद गर्न पाए न त उता फुल कृषकले नै राम्रो मुल्य पाए । समग्रमा यस वर्षको फुल व्यापार विचौलियको हातमा मात्रै सिमित भयो ।
तिहारमा बिक्री नभएपछि व्यापारीले सडक किनारामा सयपत्री र मखमली फूलको माला फालेर हिँडेको देखियो । फुल बिक्रि नै नहुँने देखिएपछि व्यापारीले बिक्रि हुनेदिनसम्म खरिद गरेको मुल्यको आधा भन्दा कम मूल्यमा समेत बिक्री गरे । तिहारमै फूल नबिकेपछि कतिपय व्यापारिले ट्रकका ट्रक फुल खोला किनार फाले । फुलको व्यापारलाई व्यवस्थापन नहुँदा नेपाली बजार धान्ने गरेरै आवश्यक फुल उत्पादन भएतापनि उपभोक्ताले पाउने सास्ती घटेन भने कृषकले पनि परिश्रमको मुल्य नपाउँदा अर्को वर्ष फुलको खेति घट्ने देखिएको छ ।।