मिथिलालाई तराईको पर्यटकीय क्षेत्र बनाउनु पर्छ–अवधेस कुमार दास ।

काठमाडौं,१३ असोज । नेपालको तराईमा रहेको पवित्र धार्मिक स्थल मिथिलालाई विदेशी र आन्तरिक पर्यटकीय क्षेत्र बनाउन सके देशले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्न सक्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक अवधेस कुमार दासले बताउनु भएको छ ।
मिथिला बहसमा कुराकानी गर्दै दासले तराईको चुरे देखि धनुषाको जनकपुरधाम र मिथिलालाई पर्यटकीय क्षेत्र बनाउन आफु लागि परेको जानकारी दिनु भयो । मिथिलाको गौरवलाई प्रचार प्रसार गर्न आवश्यक रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक दासले होम स्टे,ट्वाईलेट,बाटो लगायत पर्यटकहरुलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारको तयारी हुनु पर्ने बताउनु भयो ।
तराईका आदीवासी जनजाती,धार्मिक स्थलहरुको पहिचान गरी समग्र तराईलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सके विदेसी एव स्वदेसी पर्यटकहरु भित्रिने जानकारी दिदैँ दासले कोशी टप्पु र डल्फीन हेर्ने क्षेत्रलाई पर्यटकीय क्षेत्रमा जोड्न सकिने जानकारी दिनु भयो । भारतले डल्फिन वचिङ सेन्टर बनाउन नदिएको बताउँदै कार्यकारी निर्देशक दासले तराईमा पनि पर्यटकीय क्षेत्र छ भन्ने कुरा प्रचार प्रसार गर्न नसक्दा तराई पर्यटकीय क्षेत्र हुनबाट पछि परेको दाबी गर्नु भयो ।
मिथिला धार्मिक एवं आफ्नै संस्कृतिको हिसावले धनी रहेको तर नेपाल पर्यटन बोर्डले तराईमा लगानी नगरेको कारण पर्यटकीय क्षेत्र बन्न नसकेको गुनासो गर्नु भयो । तराईमा रहेका पुराना धार्मिक सम्पदाहरुलाई जोडेर पर्यटकहरुलाई बढी बस्ने बतावरण बनाउनु आवश्यक रहेको जानकारी दिदै त्यसका लागि जनकपुरमा गंगा आरती शुरु गरेर पर्यटकलाई एक दिन बढी रोक्न सकिने दासले जानकारी दिनु भयो ।
नेपालले बार्षिक ११ लाख पर्यटक भित्र्याउने गरेको उल्लेख गर्दै कार्यकारी निर्देशक दासले पर्यटनमा सुधारको खाँचो रहेको औल्याउनु भयो । उहाँले तराईलाई पर्यटकीय क्षेत्र बनाएर पर्यटन क्षेत्रमा फड्को मार्न सकिने दाबी गर्नु भयो । पुर्व देखि पश्चिम सम्म मास्टर प्लान बनाएर विदेशी एवं स्वदेसी पर्यटकहरुलाई सुविधा दिन सके पर्यटनमा ठूलो सम्भावना रहेको दाबी गर्नु भयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com