‘मास्टर’ जन्माउने गाउँ

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा एक सय ५० घरधुरी मिलेर बनेको आला गाउँ छ। पहिलो पुस्ता कृषीमा निर्भर छन्। आर्थिक रुपले सम्पन्न हुँदै जाँदा उक्त पुस्ताले अर्को पुस्तालाई कृषी  संगै अध्ययनमा लगाए। फलस्वरुप यो गाउँले ‘मास्टर’ (शिक्षक) जन्मायो। अहिले यो गाउँबाट प्राय सबै घरवाट एक/एक जना शिक्षक छन्। रुकुम (पूर्व) को शिक्षा क्षेत्रलाई यस गाउँले योगदान गरेको छ। एउटै गाउँबाट मात्र सय भन्दा बढी शिक्षक शिक्षिकाहरु छन्। उनीहरु रुकुमकोट लगाएत, भुमे, पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत छन्। रुकुम (पूर्व) पूर्वी क्षेत्रमा बाक्लो मगर समुदायको बसोबास छ। उनीहरु शिक्षावाट बञ्चित छन्। दक्ष जनशक्ति उत्पादन नहुँदा यहाँका विद्यालयहरुमा रुकुमकोट लगाएतका क्षेत्रवाट शिक्षकको परिपुर्ती गर्ने गरिन्छ। रुकुम (पूर्व) पूर्वी क्षेत्रमा अध्यापनका लागि आवश्यक संख्या भन्दा यहाँ शिक्षक छैनन्।

‘हामीले पहिला धेरै दुःख गरिम्’ चुडामणी उपाध्यायले भने, ‘अब अर्को पुस्तालाई त्यस्तो नहोस् भन्न चाहान्छौं ।’ ‘आफुले नखाई नलगाई अध्ययन गराएको फल पाएका छौं’ उनले भने, ‘यहाँका अधिकांश युवाहरु शिक्षण पेशामा संलग्न छन् ।’ यो गाउँ अहिले शिक्षित गाउँ मानिन्छ । गाउँमै रोजगारी पाएपछि उनीहरुको खुशी भएका छन्। अब सबै शिक्षित हुन आवश्यक भएको स्थानीय बलवहादुर शाहीले बताए। आलाले शिक्षा क्षेत्रमा उल्लेख्य भुमीका निर्वाह गरेको शाहीले बताए। पहिला देखी नै रुकुमकोट शिक्षित क्षेत्रको रुपमा चिनिन्छ। सबै भन्दा महत्व शिक्षा भएकाले शिक्षण पेशामा आकर्षित भएको यहाँका गणेश गौतमले बताए। ‘शिक्षा भयो भने मानिस सभ्य र लगनशिल हुन सक्छ’ उनले भने, ‘पहिला शिक्षित समाज हुन जरुरी छ ।’ अनि मात्र राष्ट्र शिक्षित हुन सक्छ । यहाँको अर्को पुस्ता समेत शिक्षा क्षेत्रमा लगाउने यहाँका शिक्षकहरुको भनाई  छ। आला निजामती भन्दा शिक्षण पेशामा आकर्षित छ। अध्ययन पछि सहजै शिक्षक पेशा पाइने हुँदा यहाँका शिक्षण पेशामा आर्षण भएको शाहीले बताए। रुकुम (पूर्व) को पूर्वी क्षेत्रमा धेरै शिक्षक आलाका छन्। सिस्ने गाउँपालिका भित्र पर्ने वडा नं. ५ र ६ रुकुमकोट रुकुम (पूर्व) शिक्षित वडा मानिन्छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com