वैदेशिक रोजगारीका लागी जाने श्रमिकहरुले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बाट करिब २३५ स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गर्ने इजाजत पाएका छन् ।


यि स्वास्थ्य संस्थामध्ये अहिले साउदि अरब, बहराइन र ओमन जस्ता देशमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण १२ वटा मेडिकल संस्थाले मात्र गर्छन् । भने मलेसियाका लागी ३७ वटा मेडिकलले मात्र स्वास्थ्य परिक्षण गर्दै आईरहेका छन् ।
अहिले साउदि अरब, ओमन र बहराइन जान स्वास्थ्य परिक्षण गर्नका लागी गल्फ को अपरेसन काउन्सिल जीसीसी ले अनलाईनमार्फत फारम भर्नुपर्ने र त्यसका लागी क्रेडिट कार्डमार्र्फत १० डलर भुक्तानी गर्नुपर्ने नीयम ल्याएसँगै प्रतिश्रमिकले स्वास्थ्य परिक्षण बापत रु ६५ सय तिर्नुपर्छ । भने मलेसियाका लागी FWCMS ले थप ३० डलर तिर्नुपर्ने गरी प्रतिकामदार जम्मा शुल्क ७५ सय पुगेको छ ।
यसरी अहिलेको दर्ता शुल्क थपिँदा साउदि अरब, ओमन र मलेसिया जाने नेपाली कामदारहरु बाट स्वास्थ्य परिक्षणकै नाममा वार्षिक ४५ करोड रकम नेपालबाट बाहिरिने गरेको छ ।
यसरी स्वास्थ्य परिक्षणकै नाममा श्रमिकहरुले यति चर्को शुल्क तिर्नु परेतापनि सरोकारवाला निकायहरुले अनुगमन गर्नसकेका छैनन् ।
यसै विषयमा म्यानपावर व्यवसायीहरुको छाता संगटन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पटकपटक शुल्क घटाउन आग्रह गरेपनि स्वास्थ्य संघसंस्थाले अटेर गरीरहेका छन् ।
खाडी देशमा काम गर्न जाने कामदारले चर्को शुल्क तिर्नुपरेकाले यस विषयलाई तत्काल व्यवस्थापन गर्न संघले आज प्रधानमन्त्रि समक्ष निवेदन गरेको छ ।
खाडी तथा मलेसिया जाने कामदारहरुको स्वास्थ्य परिक्षण गर्ने संस्थाले जनहि ६५सय तथा ७५ सय लिने गरेपनि अन्य मेडिकल संस्थाले रु २५ सय देखी ३ हजार लागतमा स्वास्थ्य परिक्षण गर्ने बताउदै आएका छन् ।
वैदेशिक रोजगारीमा खाडी राष्ट्रहरु मलेसिया लगाएत अन्य मुलुकहरुमा जाने नेपाली श्रमिकलाई सहुलियत मुल्यमा स्वास्थ्य परिक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरुको आवेदन संकलन गर्नका लागी पहल गर्न प्रधानमन्त्रि केपि ओलिलाई संघले सुझाएको छ ।
यस्तै सबै सुचिकृत स्वास्थ्य संस्थाहरुबाट गरीएको स्वास्थ्य परिक्षण प्रमाणपत्रलाई मान्यता दिएर भिषा उपलब्ध गराउने प्रक्रियामा सरकारले कदम चाल्न जरुरी छ ।
यदि यसो गर्ने हो भने बाहिरि देशको संस्थाहरुले नेपाली कामदारहरुबाट असुल्ने रकम देशभित्रै रहने थियो । र सम्पुर्ण नेपाली कामदारहरुले राहत महशुस गर्ने थिए ।

English
MTV NEPAL MTVNEPAL


