भ्याट सम्बन्धि साविकको नियम फेरियो करोडमाथिको कारोबार गर्नेले अब मासिक भ्याट विवरण बुझाउनुपर्ने

मुल्य अभिबृद्धि कर अर्थात भ्याट दाखिला गर्ने व्यवस्थामा परिवर्तन गरिएको छन । आन्तरिक राजश्व विभागले नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने जानकारी दिएको छ ।

विभागले जारी गरेको सुचनामा “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको उल्लेख गएिको छ भने अब संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ । ”

त्यस्तै हाल द्वैमासिक रूपमा भ्याट विवरण दाखिला गर्ने सुविधा नरहेकाले वार्षिक एक करोडभन्दा बढीको कारोबार भएका करदाताले मासिक रूपमा नै विवरण पेस गर्न भनिएको छ ।

राजस्व विभागले अब वार्षिकरूपमा एक करोडसम्मको कारोबार गर्ने कम्पनीले भने चौमासिक रूपमै आफ्नो कर विवरण बुझाउन पाउने समेत बताएको छ । ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com