नेपालले तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा गरेकोछ । रोहितको कप्तानीमा नेपालले अन्तिम टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा ब्याटर देव खनाल भने पर्न सकेनन् ।
नेपालले श्याम ढकाल, सन्दीप जोरा र किशोर महतोलाई टोलीमा मौका दिएको छ । एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो । तर यस पटक एसिया कपमा हरेक टोलीमा १७ सदस्य खेलाडी छन् ।
यसपटकको नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने रहेका छन् । यस्तै करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल पनि टोलीमा समावेश छन् ।
नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।।

English
MTV NEPAL MTVNEPAL


