बङ्गलादेशका राष्ट्रपति नेपालसँग आर्थिक साझेदारी बढाउने पक्षमा

काठमाडाैंः बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा हुनुहुन्छ । बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले आर्थिक साझेदारीका लागि पर्यटन र उर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको हो । सम्मानित विशिष्ट अतिथि राष्ट्रपति हमिद नेपालको औपचारिक सद्भावना भ्रमणमा हुनुहुन्छ ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति हमिदसँगको भेटमा भएका कुराकानीबारे बारे जानकारी दिँदै दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका साथै व्यापार प्रवद्र्धनका विषयमा कुराकानी भएको बताउनुभयो ।

तिमिल्सिनाका अनुसार दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई नियमित गर्नेबारे दुबै पक्षबाट जोड दिइएको थियो । व्यापार बढाउन र व्यापार घाटा कम गर्न दुबै देशले प्रयास गर्ने विषयमा पनि कुराकानी भएको थियो । व्यापार घाटा कम गर्न ऊर्जाको ब्यापार प्रवद्र्धन गर्ने कृषि उत्पादन बढाउन प्रेरित गर्ने आदिबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सांसदहरुको भ्रमण आदान–प्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको थियो । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भएको बङ्गलादेशी राष्ट्रपतिको भ्रमणले बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने र यसलाई अझ विस्तृत रुपमा अघि बढाइनुपर्छ भन्नेमा राष्ट्रपति हमिदले विशेष जोड दिनुभएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com