काठमाडौं । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी कुमार सिंह लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ३ शिखर आम्बोटे घर भएका २७ लामालाई काठमाडौं महानगरपालिका९२८ कमलादीबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
२०७४ असार ९ गते बिहान काठमाडौं महानगरपालिका २८ कमलादीस्थित काठमाडौं प्लाजाको पार्किङमा चेङ्गा तामाङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका सुदिप भन्ने पोते लामा समेत ५ जना मध्येका कुमार सिंह लामालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

English
MTV NEPAL MTVNEPAL


