प्रारम्भिक मत परिणामले बहुमतको संकेत, शीर्ष नेताहरु नै हारको संघारमा

काठमाडौं । मंसिर १० र २१ गते परि दुई चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार बाम गठबन्धन निकै अगाडी देखिएको छ । यहि परिणाम अन्तिम सम्म रहेमा वाम गठबन्धनको बहुमत आउने पक्का जस्तै छ । यता नेपाली काँग्रेसका हेभिवेट नेताहरुलाई नै चुनाव जित्न सकस देखिएको छ ।

यस्तो छ केही क्षेत्रको मत परिणाम

कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी नेपाली काँग्रेस सभापति पत्नी आरजु राणा देउवा बामगठबन्धनका नारदमुनी रानाभन्दा पछाडी परेकी छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार आरजुले २२४ मत र बामगठबन्धनका उम्मेद्वार रानाले ३०७ मत प्राप्त गरेकी छन् ।

धनुषा ३ नम्बर क्षेत्रको प्रारम्भिक मतपरिणाम अनुसार राजपाका राजेन्द्र महतो ३३ सय १५ मत ल्याउदै अगाडि छन् । महतोलाई कांग्रेसका विमलेन्द्र निधीले २२ सय ४२ मतले पछइरहेका छन् ।

झापा क्षेत्र नं. १ को प्रारम्भिक मतगणनामा कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई माओवादीका नेता राम कार्कीले पछि पारेका छन् ।

बाम गठबन्धनका कार्कीले २४ सय ९४ मत ल्याएर अग्रता कायम गरिरकेका छन् भने कांग्रेसका विश्वप्रकाश शर्माले २०७३ मत ल्याएर पछ्याइरहेका छन् ।

माओवादी अध्यक्षसमेत रहेका बाम गठबन्धनका उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्ड र लाई लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बिक्रम पाण्डे बीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेट अनुसार १००० मत गन्दा बिक्रम पाण्डेले ५५१ मत प्राप्त गरेका छन् भने प्रचण्डले २८३ मत प्राप्त गरेका छन् । जसअनुसार पाण्डे प्रचण्डभन्दा १६८ मतले बिक्रम अगाडि छन् । काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाममा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् ।

प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका महेश आचार्य पछाडि परेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछि पारेका हुन् । पछिल्लो मत परिणाम अनुसार मोदीले ३ हजार ९ सय ९९ मत ल्याएका छन् भने आचार्यले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्। समग्रमा महेश आचार्य १ हजार ४१० मतले पाछाडि परेका छन् । झापा क्षेत्र नम्बर ३ मा आएको सुरुवाति मतपरिणाम अनुसार नेपाली काँग्रेसका नेता कृष्ण सिटौला राप्रपा नेता राजेन्द्र लिङ्देन भन्दा दोब्बर मतले पछाडि रहेका छन् ।

निकै चर्चामा रहेको यो क्षेत्रमा लिङ्देन बाम गठबन्धनको सहयोगमा निर्वाचन लडेका थिए । उनले ६५७ मत ल्याउँदा कांग्रेस नेता सिटौलाले ३२३ मत ल्याएर पछ्याइ रहेका छन् । रुपन्देही २ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका बिष्णु पौडेले कांग्रेसका उम्मेद्वारभन्दा दोब्बर मतले अगाडि रहेका छन् । पौडेलले ७३२ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका युवराज गिरीले ३७१ मत प्राप्त गरेका छन् ।

बर्दिया १ को प्रारम्भिक मतगणनाको नतिजा आएको छ । बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेव गौतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् । बामदेव गौतमले १५०० मत ल्याएका छन् । यस्तै कांग्रेसका नेता वर्तमान सिँचाईमन्त्री संजय गौतमले ८ सय मत प्राप्त गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेद्वार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई झन्डै ४ सय मतले उछिनेका छन् ।

अहिलेसम्मको मतगणना अनुसारएमालेका पण्डित २६२४ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले २२८६ मत प्राप्त गरेका छन् । काठमाडौं ६ मा माओवादीका झक्कु सुवेदीको अग्रता, कांग्रेसका भीमसेनदाश दोस्रो काठमाडौं क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनाअनुसार माओवादीका उम्मेदल्वार झक्कु सुवेदीले २ सय २८ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका रक्षामन्त्री भीमसेनदाश प्रधानले २ सय मत ल्याएका छन् । झक्कु सुवेदीले २०६४ सालको निर्वाचनमा एमालेका तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई जितेका थिए

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com