काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको ललितपुर हात्तिवनस्थित घरमा आइतबार राति बम विस्फोट भएको छ।
विस्फोटबाट घरको पर्खालमा सामान्य क्षति पुगेको छ।
प्रहरीले उनको घरको पर्खालमा अर्को शंकास्पद वस्तुसमेत फेला पारेको छ। शंकास्पद वस्तु बम पनि हुन सक्ने आशंकामा डिस्पोजल टोली बोलाएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।

English
MTV NEPAL MTVNEPAL


