प्रदेश १ र ४ मा प्रदेशसभाको पहिलो बैठक आज

२२ माघ, काठमाडौं । पुर्वनिर्धारित समय अनुसार आज प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । दुवै प्रदेशको पहिलो बैठक अहिले बिहान ११ बजे सुरु हुने कार्यक्रम छ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न लागेको हो ।

प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको छ ।

प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ । केही सांसद् सभास्थल पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् ।

प्रदेश १ को विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको बताइएको छ ।

यो प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् ।
प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो ।

प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ ।

आजको बैठक सञ्चालन गर्न सबै सांसदलाई अनिवार्य उपस्थित गराउन सबै दलको सहमतिमा कार्य व्यवस्थापन समिति गठन भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचै दलबाट एकएक जना सदस्य रहने गरी कार्य व्यवस्थापन समिति गठन गरिएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com